हमासले छाड्यो १३ इजरायली र १२ थाइ नागरिक, विपिन ‘नियन्त्रणमै’

काठमाडौं । अस्थायी युद्ध विराम सहमतिअनुसार हमासले इजरायली बन्धकलाई छाडेको छ । १२ थाइ नागरिक पनि रिहा भएका छन् । आफूले बन्धक बनाएका १३ इजरायली नागरिकलाई राहत कार्यमा जुटेको रेडक्रसको जिम्मा लगाएको छ ।

इजरायली सञ्चार माध्यमहरुका अनुसार उनीहरुलाई गाजाको कुन स्थानबाट रिहा गरिएको खुलाइएको छैन । तर उनीहरु इजिप्ट पुगिसकेका छन् । इजरायल र हमासबीच भएको सहमतिअनुसार हमासले ५० बन्धक छाड्ने र इजरायलले एक सय ५० प्यालेस्टाइन कैदी रिहा हुनेछन् ।

थाइ नागरिकसँगै नेपालका विपिन जोशी पनि हमासद्वारा बन्धक बनेको इजरायली सेनाले जनाएको छ । तर, उनलाई भने हमासले छाडेको छैन । उनलाई अर्काे चरणमा छाड्ने बताइएको छ । उनको रिहाईका लागि नेपालले शुक्रबार पनि कतारी दूतावासका अधिकारीहरुसँग छलफल गरेको छ । इजराजयल र हमासबीच पाँच दिनको युद्धबिराम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here