जनताको साथ नपाएपछि प्रदर्शन स्थगित गरेर सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं

काठमाडौं । जनताको साथ नपाएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ ।

बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो । महाअभियानको आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ ।

अभियानले यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ ।

हिजो तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकट गरेपछि दुर्गा प्रसाईंले काठमाडौंमा जनताले आन्दोलनमा साथ नदिएको जुनासो गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here