नेपाल वेयरहाउजिङको आइपीओ खुल्यो

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयरमा मंसिर १३ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेका ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here