घलेम्दी हाइड्रोको हकप्रद खुल्यो

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here