नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको मंसिर ८ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाल १ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि १ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here