नेप्से रात्ताम्मै, बिमा समुह निराशाजनक

काठमाडौं, २२ भदौ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतवार नेप्से परिसूचक १३.०१ अंकले घटेर १ हजार १ सय ७८. अंकमा झरेको छ । कारोबारमा आएका मध्ये सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

आइतवार सबैभन्दा धेरै र्निजीवन बिमा समुहको सूचक घट्यो । र्निजीवनको सूचक २.२७ प्रतिशतले घट्यो ।

त्यस्तै, जीवन बिमाको १.५३ प्रतिशत, जलविद्युतको १.२५ प्रतिशत, अन्यको १.२२ प्रतिशत, बैकिङ्गको १.०३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

आइतवार १ सय ६४ कम्पनीको ११ लाख ५८ हजार २ सय १९ कित्ता शेयर किनबेच हुँदा ३० करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाय । आँधीखोला वित्तीय संस्थाको शेयर मूल्य ९.९० प्रतिशतले बढ्यो ।

त्यस्तै, रिडी विद्युत कम्पनीको ४.४४ प्रतिशत, जानकी फाइनान्सको ४.२१ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टका शेयर धनी रहेका छन् । पाँचथर पावरको शेयर मूल्य ८.४९ प्रतिशतले घट्यो ।

त्यस्तै, यूनिर्भसल पावर कम्पनीको ८.२३ प्रतिशत, सिंन्धु विकास बैंकको ७.४० प्रतिशत घट्यो भने अन्य कम्पनी सामान्य सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले ५ करोड २४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here