बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’, पैदलयात्रुले नै बटन थिचेर बाटो काट्न मिल्ने

काठमाडौं । ट्राफिक व्यवस्थापनका लागि काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । आजबाट अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।

यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको छ । रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्छन् ।

जसको लागत १० लाख रुपैयाँ रहेको काठमाडाैं महानगरले जनाएको छ । मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here