दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको छ । यसदिन २९० कम्पनीको १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँ बढीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिन २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूह्को परिसूचक घटेको छ भने ४ को बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८९ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको शेयरसर्वाधिक किनबेच भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । स्वाभिमान लघुवित्तका शेयरधनीले भने सर्वाधिक ८.०४ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here