विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनबाट विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

आन्दोलनमा आफ्ना समर्थक सहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेको छ।

त्रिशुल सहित पुगेका उनको टोलीले प्रहरीलाई आक्रमणको प्रयास गरेका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here