ग्लोबल आइएमई बैंकको लाभांश पाउन शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १३ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट १ प्रतिशत बोनस सेयर र करसहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न मंसिर २८ गते वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here