५८ जनालाई मुक्त गर्दापनि विपिन जोशी भने हालसम्म अज्ञात

काठमाडौं । इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ ।

सहमतिअनुसार हमासले १७ थाई र एक फिलिपिनो नागरिक पनि बन्धकमुक्त गरेको छ । हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।

युद्धविराम भए पहिलो दिन शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ र दोस्रो दिन हमासले थप १७ जनालाई मुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here