नेपाल वेयरहाउजिङको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा मंसिर १० गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here