एनसेलबाट बाहिरिने विदेशी लगानीकर्ता आजियाटाको घोषणा

काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी मलेसियाको आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको हो ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

एनसेलले सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०/२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here