राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेर खाग तस्करी गर्ने ८ जना पक्राउ

काठमाडौं । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, लेर्बटका ३३ बर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ का ४४ बर्षका शम्शेर थिङ र मनहरि गाउँपलिका–६ नयाँवस्तीका ५६ बर्षीय थिङ बाजे भन्ने सीताराम थिङ छन् । अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्‍द्रबहादुर तामाङ छन्।

उनीहरुको साथबाट दुबै खाग बरामद भएको छ । १८ बर्षको गैंडाको १८ इन्च गोलाई तथा ६ इन्च उचाइ भएको ४६० ग्रामको खाग र बर्षको गैंडाको ११.८ इन्च गोलाई तथा २ इन्च उचाइ भएको ६० ग्राम तौल भएको खाग बरामद भएको छ । भरुवा बन्दुक, बन्चरो, चक्कु लगायत घटनामा प्रयोग भएको सरसामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here