राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको मिती मंसिर अन्तिम साता

काठाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि हुने निर्वाचनका लागि मंसिरको अन्तिम सातामा दल दर्ता गर्न लागेको हो । निर्वाचन ११ माघमा गर्ने मिती पनि तोकिएको छ ।

निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

त्यस्तै आयोगका अनुसार पुस १ मा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने छ । १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरेपछी २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here