टोपबहादुरसहित ९ जना पुर्पक्षका लगि थुनामै, टेकनाथ र सन्दीपलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उनी टोपबहादुर रायमाझीका छोरा हुन् ।

उनीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोप लागेको थियो । प्रहरीले उनलाई गएको २० वैशाखमा बुटवलबाट पक्राउ गरेको थियो । त्यस्तै टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here