त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा एक्कासी आगो लागेको हो ।

आगो तत्काल निभाइएको थियो भने अहिले अवस्था समान्य रहेको छ। उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए ।

ती यात्रुले पिठ्युँमा झोला बोकिरहेका थिए भने त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । एक्कासी आगो लागेपछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here