देशका केही भू-भागमा बिहानै वर्षा, कतै हिमपात

काठमाडौं । देशका केही भू–भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू–भागमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here