अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

काठमाडौं । घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टी-२० आईमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ। योसँगै भारतले सिरिज ४-१ ले जितेको छ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। अष्ट्रेलियाका बेन म्याकडेर्मोटले सर्वाधिक ५४ रन बनाएका थिए।

अष्ट्रेलियालाई अन्तिम ६ बलमा जितको लागि १० रन चाहिएको थियो। तर उसले ३ रन मात्र बनाउन सक्यो। म्याथ्यु वेडले २२ रन बनाए।

ओपनर जोश फिलिपे ४ रनमै मुकेश कुमारको बलमा बोल्ड आउट भएका थिए। ट्रविस हेड २८ रनमा आउट भए । आरोन हार्डी ६, टिम डेविड १७, म्याथ्यु शर्ट १६ रनमा आउट भए ।

भारतका मुकेश कुमारले ३ विकेट लिए भने रवि विश्रोइ र अर्शदिप सिहले २/२ विकेट लिए।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here