रुसी सेनामा गएका ६ नेपालीको मृत्यु, एकजना युक्रेनमा बन्दी

काठमाडौं । रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो ।

ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here