रोकिएन शेयर बजारको ओरालो यात्रा, लगानीकर्ता अन्योलमा

काठमाडौं । शेयर बजार एक सातादेखि लगातार लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ ।

यसदिन २९२ कम्पनीको १ अर्ब ५४ करोड ४९लाख ३५ हजार ४३८ रुपैयाँ बढीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । आज माउन्टेन इनर्जीको शेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.५३ प्रतिशत गुमाएका छन् भने सिंगट्टी हाइड्रोपावरका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here