दोधारा-चाँदनीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो

दोधारा । आज २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस, दोधारा चाँदनीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । दोधारा चाँदनी नगरपालिकाको सबै वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ ।

‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास नारा सहित २० औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको जनप्रतिनिधीहरुले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयमा पनि भब्यताको साथ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको महिला स्वास्थ्य स्वयंसेवीका धनसरा चन्दले जानकारी दिएकी छिन् ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वास प्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पुर्‍याउदै आएका छन् । विशेषत: मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here