सवारीचालक अनुमतिपत्र र वर्ग थपको राजस्व भुक्तानी अब अनलाइनबाट मात्रै

काठमाडौं । बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले नयाँ सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने र वर्ग थप गर्न चाहने सेवाग्राहीको राजस्व अनलाइनबाट मात्र लिने तयारी व्यवस्था गरेको छ ।

यसअघि अनलाइनका साथै कार्यालयको बैंक काउन्टरबाट तिर्ने व्यवस्था गरेकोमा मंसिर २४ गतेदेखि भने अनलाइनबाट मात्र लिने निर्णय गरेको हो । इसेवा, खल्ती र कनेक्ट आइपीएसबाट मात्र राजस्व भुक्तानी गर्न मिल्ने कार्यालयले जनाएको छ।

सवारीचालक अनुमति पत्रका लागि बायोमेट्रिक र मेडिकल पश्चात् ५०० रुपैयाँ राजस्व तिर्नुपर्छ। नवीकरणका लागि आवेदन दिने र ट्रायल पास गरेको सेवाग्राहीले ७ दिन पछि अनलाइनमार्फत् नै राजस्व भुक्तानी गर्न सक्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here