नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड, १० लाख ७७ हजार बढीको हातखाली

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १० लाख ७७ हजार ८६३ बढीको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि मंसिर १० देखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन दिएका थिए । कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here