चिनियाँ विदेशमन्त्री काठमाडौंमा, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आएका छन् । १९ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी आइतबार साँझ काठमाडाैं आएका हुन् ।

विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरेका थिए ।

विदेश मन्त्री वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिङफिङको आशन्न भ्रमणसँग पनि जोडेर हेरिएको छ ।

नेपालमा रहँदा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र शिर्ष नेताहरूसँग भेटवार्ता गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here