नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

काठमाडौं । नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई मंगलवार पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन्।

लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि प्रहरीले रुस पठाउने गिरोहमाथि एक्सन लिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here