बहुउपयोगी वनस्पति एलोभेरा, नियमित प्रयोग गरेमा हुन्छ यस्ता फाइदा

काठमाडाैं, २३ भदाै । आजभोली सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्य प्रशाधनका सामग्रीहरुमा एलोभेराको प्रयोग भएको हुन्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । एलोभेरालाई हाम्रो गाँउघर तिर घ्युकुमारी नामले पनि चिनिन्छ ।

एलोभेरालाई आयुर्वेद विज्ञानमा धेरै पहिले देखी नै विभिन्न खालका स्वास्थ्य समस्याहरुको निदानको लागि औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ ।

धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरुलाई ठिक गर्न यसले सहयोग गर्छ ।

यसका अनौठा फाइदाहरु धेरै पहिले नै पत्ता लगाइएको हो । हाम्राे वरिपरि सजिलै याे वनस्पति त्यत्तीकै खेर गइरहेकाे देख्न सकिन्छ तर, प्रयाेग गर्न जानेमा यसकाे फाइदाकाे सीमा नै छैन ।

एलोभेरामा सुन्दर र स्वस्थ हुने धेरै प्रकारका राज लुकेका हुन्छन् । यसको प्रयोगले हाम्रो सम्पुर्ण शरीरमा नै परिवर्तन गर्छ । व्यस्त जिन्दगीबाट थोरै समय आफ्नो लागि छुट्याएर आफ्नो सौन्दर्य र स्वास्थको लागि एलोभेराको प्रयोग गरेमा यसले धेरै फाइदा गर्छ ।

यस्ता छन् यसका फाइदाः

–यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।

–यसको काँडायुक्त पातहरुलाई काटेर रस निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।

–टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।

–यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

–आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

–यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ । लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।

–यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here