ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ)मा निगमको एकाधिकार प्राधिकरणले तोड्ने निर्णय गरेपछि निगम कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुले बिहीबार निगमको सुन्धारा स्थित कार्यालयमा धर्ना दिएका छन् ।

यही साता नागरिक उड्डयन प्राधिकरणले अब प्रतिस्पर्धाबाट ग्राउन्ड ह्याण्डलिङ दिने निर्णय गरेको छ। प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ ९२० अनुसार भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।

यससँगै अब त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट हुनेछ । अहिलेसम्म ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार थियो । झन्डै आधा खर्ब ऋणमा रहेको निगमले गउन्ड ह्याण्डलिङबाट राम्रो कमाइ गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here