दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो ।

यसदिन २९९ कम्पनीको २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बढीको ९५ लाख ५ हजार ६०८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा बाहेक अरु सबैको परिसूचक बढेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

त्यस्तै, ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार नेपाल रि–इनस्यारेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस बैंकको ८ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६८ रूपैयाँमा ९ करोड ५४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here