एक वर्ष पनि टिकेन आन्तरिक रेमिट्यान्स हटाउने राष्ट्र बैंकको निर्णय

काठमाडौं । करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने नीतिगत व्यवस्था गरेको हो ।

‘स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ,’ समीक्षामा भनिएको छ । राष्ट्र बैंक आफ्नो नीतिमा १ वर्ष पनि अडिग रहन सकेन ।

गत वर्षको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ मार्फत माघदेखि राष्ट्र बैंकले हुन्डीलगायतका कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबार हटाएको थियो । त्यसअघि राष्ट्र बैंकले २०७८ फागुनदेखि आन्तरिक रेमिट्यान्स कारोबारमा १ लाखको सीमालाई घटाएर २५ हजार बनाएको थियो ।

आन्तरिक रेमिट्यान्स बन्द भएका कारण समेत आर्थिक गतिविधि संकुचनमा परेको भन्दै निजी क्षेत्रबाट यो पुनः खोल्नुपर्ने माग जोडदार रुपमा उठेको थियो । निजी क्षेत्रको यो मागप्रति प्रधानमन्त्री समेत सकारात्मक थिए ।

सरकारदेखि निजी क्षेत्रसम्मको दवाब आएपछि आफैंले गरेको व्यवस्थालाई केन्द्रीय बैंकले १० महिनामै पुनः खारेज गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here