मानव बेचबिखन नियन्त्रण गर्न दोधारा चाँदनीको सीमा बस्तीमा माईती नेपालको जनचेतनामुलक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । ‘लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता’ तथा हिंसा नगरौं, हिंसा सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं’ नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुर र सुरक्षित सञ्जाल दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका– १ महकाली ४ लेनको पक्की पुल नजिक नेपाल–भारत सिमा क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् ।

मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको हो । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो, छलफल तथा पर्चा पम्पलेट कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

जनचेतनामुलक कार्यक्रममा माईती नेपाल कञ्चनपुरको टोली, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य तथा न्यायीक समिति सदस्य कमला उपाध्याय, दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला खनाल पुजारा, अधिकारकर्मी धनसरा चन्द, समाजसेवी भिम कुमाल, महाकाली झोलुङ्गे पुल प्रहरी पोष्टका नरेश सिंह रावल, सशस्त्र प्रहरी सीमा सुरक्षा बल दोधारा चाँदनी (बैलबन्द) का रामदत्त जोशी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

महाकाली ४ लेनको पुल नेपाल–भारत संग जोडिएको सिमा बस्ती तथा सुख्खा बन्दरगाह क्षेत्र हो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा दैनिक ठुलो मात्रामा आवत जावत तथा भारत पस्ने महाकाली ४ लेनको पक्की पुल क्षेत्र हो ।

मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ–नयाँ तौरतरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्यताको बिषयमा पुल नजिक आवत जावत गर्नेहरुलाई सचेतना गरिएको माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गठित सुरक्षित सञ्जालका सदस्य तथा दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य तथा न्यायीक समिति सदस्य कमला उपाध्यायले जानकारी दिएका छन् ।

महाकाली पक्की पुल नजिक रहेका बस्तीका स्थानियहरुले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा माईती नेपाल संग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताएका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न कठिनाइ रहने भएपनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागि माईती नेपाल संग समन्वय र सहकार्यमा सदैव तत्पर रहेको स्थानियहरुले बताएको महिला अधिकारकर्मी धनसरा चन्दले जानकारी दिएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मात्रै सिमित नरहेर वर्षभरी माईती नेपाल कञ्चनपुरले कञ्चनपुरका बिभिन्न बस्ती तथा नाकाहरुमा जनचेतनामुलक कार्यक्रम, किशोरीहरुलाई अनुशिक्षण, सरोकारवाला संग समन्वय तथा छलफल लगाएका कार्य गर्दै आएको खुशी ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला पुजारा खानालले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा जसरी माईती नेपालले सशक्तरुपमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा खरो उत्रिएको छ् त्यस्तै प्रकारले सरकार पक्षले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपार बिशेष योजना बनाएर माईती नेपाल संग अझ थप सहकार्य गर्दै जानु पर्ने अपरिहार्य रहेको बताए ।

माईती नेपाल दोधारा चाँदनी सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्य गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घट्नाहरु कम हुदैं आएको आभाष सम्पुर्ण स्थानियहरुले गरेका वडा सदस्य खनालले बताए । महाकमली पक्की पुल आसपास बस्तीमा माईती नेपालले संचालन गरेको घरदैलो क्रममा माईती नेपाल तथा सुरक्षित सञ्जालको टोली सशस्त्र प्रहरी र नेपाल प्रहरी सित भेट गरि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा समन्वय गरेको छ् । मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको जनचेतनामुलक पर्चा, पम्पलेट बितरण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

अशिक्षा, खुला नाका, बेरोजगारीका कारण विभिन्न अपराधिक घट्नाहरु बढ्दै गएको अवस्थामा मानव बेचबिखन जस्तो जघन्य अपराध पनि बढ्दै गएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । बस्तीमा माईती नेपालले यस्ता जनचेतनामुलक कार्यक्रम गरि सिमा बस्तीहरुमा आगामी दिनहरुमा स्थानियहरुलाई सचेत गर्दै लग्नु पर्ने आवश्यकता रहेको स्थानियबासी कालु सुनारले बताएका छन् ।

मानव बेचबिखन तथा ओसार पसारको जघन्य समस्यालाई कुनै एक व्यक्ति वा एक तह तप्काको समस्या हो भनेर नलिई सम्पुर्ण मानवको समस्या हो भनि प्रत्येक व्यक्तिले समाजलाई सचेत पार्न जिम्मेवारी लिनुपर्ने कार्यक्रममा बताईएको छ् ।

स्थानियहरुलाई अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

‘सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको ईच्छा विपरीत कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाईनै मानव बेचबिखन भन्ने गरिन्छ्’ माईती नेपाल कञ्चनपुरको सिमा बस्तीको घरदैलो, पक्की पुल आवात जावत गर्ने तथा स्थानियहरु संग भेटमा बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here