शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’, ४० मिनेट कारोबार स्थगित

काठमाडौं । शेयर बजारमा आज दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएर खुलेको नेप्से फेरि २ मिनेटमै ५ प्रतिशतले बढेपछि कारोबार ३० मिनेटका लागि स्थगन भएको हो ।

आज जम्मा ७ मिनेट कारोबार हुँदा नेप्से परिसूचक ९२.७३ अंकले बढेर १९४५.५१ विन्दुमा पुगेको छ । यस अवधिमा साढे २९ करोड बढीको कारोबार भएको छ ।

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here