शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।

कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

यससँगै, आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बन्द भएको हो ।

यस क्रममा आज ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here