यू-१९ एसिया कप: नेपाल अफगानिस्तानसँग पराजित, सेमिफाइनल सम्भावना कठिन

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

नेपाल अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विपिन रावल ०, दीपक बोहरा १५, उत्तम मगर ४, आकाश त्रिपाठी ०, गुल्सन झा १७, दीपेश कडेँल ११, र कप्तान देव खनाल २४ रन बनाएर आउट भए । नेपाललाई सस्तोमा समेट्न अफगानिस्तानका फरिदुन दाउदजई र नसीर खान मारुफखिलले ३–३ विकेट लिए ।

यसअघि दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।

अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ सतकीय इनिङ खेलेका थिए । बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २–२ विकेट लिए । आकाश चन्द्र र दीपेश कँडेलले १–१ विकेट लिए ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अब मंगलबार भारतसँग खेल्नेछ । आजको हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । नेपालले अन्तिम खेल भारतसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here