यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग

काठमाडौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ । यू–१९ विश्वकप क्रिकेटको समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् ।

समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड परेका छन् । यसैगरी समूह सीमा अष्ट्रेलिया र श्रीलंकासँगै जिम्बाब्वे र नामिबिया परेका छन् ।

दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्यूजिल्याण्डसँग खेल्नेछ । २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ । आफ्नो समूहको शीर्ष तीनमा परे नेपालले सुपर ६ मा स्थान बनाउनेछ ।

समूह ए र समूह डीको ६ टोलबीच सुपर ६ हुनेछ । यस्तै समूह बी र सीको पनि शीर्ष ३–३ टोलीको सुपर ६ हुनेछ । चौथो टोलीले पनि चौथो स्थानको लागि प्ले अफ खेल्न पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here