यू-१९ एसिया कप क्रिकेट: टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेको भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल र भारतबीचको खेल अहिले केही बेरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुँदैछ। एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले आज हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।

सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले आज भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ । यस्तै, नेपाल सेमिफाइनल पुग्न पाकिस्तानले अफगानिस्तानविरुद्ध पनि उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ ।

नेपालविरुद्धको खेल भारतका लागि पनि महत्वपूर्ण छ । यदि नेपालसँग हार बेहोरेमा उसको सेमिफाइनल यात्रामा धक्का लाग्न सक्छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको भारत दोस्रो खेलमा भने पाकिस्तानसँग ८ विकेटले पराजित भयो । अहिले ऊ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यता अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here