छिमेक लघुवित्त र लुम्बिनी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप २ लघुवित्तले लाभांश घोषणा गरेका छन् । मंगलबार छिमेक लघुवित्त वित्तीय संस्था र लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित संस्थाको वार्षिक साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here