भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो

काठमाडौं । भारतसँगको लज्जास्पद हारसँगै नेपाल यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

भारतको जितमा अर्सिन कुलकर्णीले अविजित ४३ रन बनाए । यस्तै, अर्का ओपनर आदर्श सिंह १३ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाएको थियो । यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।

नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गरेका थिए। नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here