उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको हो ।

यसदिन २९७ कम्पनीको ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बढीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, सोनापुर सिमेन्ट र नागरिक मिडियाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सानिमा लार्ज क्याप फण्ड, मानुषि लघुवित्त, त्रिशूली जलविद्युत् र दोल्ती पावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा सीवाइसी लघुवित्तका शेयरधनीले भने सर्वाधिक ५.११ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here