यू-१९ एसिया कप क्रिकेट: सिनियर टिमको अनुभव भएका दुवै खेलाडी ‘फ्लप’

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्‍यो। सिनियर टिमको समेत अनुभव लिइसकेका २ खेलाडी छन् ।

कप्तान देव खनालले तेस्रो नम्बरमा सम्हालिएर खेल्ने एकदिवसीय ब्याटरको पहिचान बनाएका खेलाडी हुन् । भने टिमका अलराउन्डर गुल्सन झा युवा टिममा हुँदा नेपालले राम्रो खेल्ने अपेक्षा गरिएको थियो। उनिहरुले ठूलो पारी खेल्न नसक्नु नेपालको लागि ब्याटिङ चुनौती बन्न पुग्यो ।

दुवै खेलाडी सस्तैमा आउट हुँदा नेपाल केवल ५२ रनमा अलआउट हुन पुग्यो। नेपाली खेलाडी क्रिजमा हतारिएकै कारण पूरै ५० ओभर टिक्न नसकेनन् । तीनै खेलमा नेपाल पराजित हुँदै जितबिहीन बनेर घर फर्कन बाध्य भयो। नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन् ।

देवले तीन खेलमा कुल २६ रन (०,२४,२) मात्र जोड्न सके। उनी पाकिस्तानविरूद्ध डकआउट हुँदा अफगानिस्तानविरूद्ध २४ रन बनाए। मंगलबार भारतविरुद्ध कप्तान देव २ रनमै आउट भएका थिए।

सिनियर टिममा उत्कृष्ट प्रदर्शन गरे पनि गुल्सन युवा टिममा चल्न सकेनन्। उनले तीन खेलमा कुल २२ रन (१, १७, ४) मात्र बनाए। पाकिस्तानविरूद्ध १ रनमै आउट भएका गुल्सनले अफगानिस्तानविरूद्ध १७ रन बनाए। मंगलबार भारतविरूद्ध गुल्सन ४ रनमा आउट भए। बलिङमा गुल्सनले तीन खेलमा चार विकेट लिन सके।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here