थामिएन शेयर बजार, २४ करोडको कारोबार

काठमाडौं, २४ भदौ । साताको तेस्रो दिनपनि शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन् ।

मंगलवार नेप्से परिसूचक २.२४ अंकले घटेर १ हजार १ सय ६६.६७ अंकमा पुगेको छ ।

मंगलवार होटल, विकास बैंक, र्निजीवन बिमा कम्पनी र सामुहीक लगानी कोषको सूचक बढ्यो भने अन्य समुहको सूचक घट्यो ।

मंगलवार सबैभन्दा धेरै होटल समुहको सूचक बढ्यो । होटलको सूचक १.५२ प्रतिशतले घट्यो ।

सबैभन्दा धेरै जलविद्युतको समुहको सूचक घट्यो । जलविद्युतको सूचक ०.८२ प्रतिशतले घट्यो ।

मंगलवार १ सय ७२ कम्पनीको ९ लाख ९२ हजार १ सय २२ कित्ता शेयर किनबेच हुँदा २३ करोड ७९ लाख ५९ हजार रुपैयाँको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका शेयर धनीले कमाए । हिमालयनको शेयर मूल्य ६.७२ प्रतिशतले बढ्यो ।

त्यस्तै, माउन्टेन हाइड्रोको ६.०२ प्रतिशत, नबिल इक्युटी फन्डको ५.९१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सेन्ट्रल फाइनान्सका शेयर धनी रहेका छन् । सेन्ट्रल फाइनान्सको शेयर मूल्य ४.४६ प्रतिशतले घट्यो ।

त्यस्तै, अरण काबेली पावरको ४.१० प्रतिशत, कन्चन विकास बैंकको ३.३० प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले १ करोड २५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here