काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएपछि युनाइटेड समूहको अन्तिम स्थानमा रहेर बाहिरिएको हो ।
६ खेलबाट चार अंक रहेको म्यान युनाइटेड ४ टोली सम्मिलित समूहको पुछारमा रह्यो। ६ खेलबाट १६ अंक भएको बायर्न म्युनिख र ६ खेलबाट ८ अंक भएको एफसी कोपेनहेगन नकआउट चरणमा पुगे।
टर्किस क्लब गलासतारे ५ अंकसहित तेस्रो भयो। अन्तिम खेलमा गलासतारेलाई हराएर कोपेनहेगनले अघिल्लो चरणको यात्रा तय गरेको हो। हारपछि म्यान युनाइटेडले यो सिजन युरोपा लिग समेत नखेल्ने भएको छ। समूहको तेस्रो स्थानमा रहने टोली युरोपा लिग खेल्ने प्रावधान छ।

























