नबिल बैंक र इक्यानबीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झाैता

काठमाडौं, २४ भदौ । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

यस सहमति पश्चात नबिल बैंकले इक्यान, इक्यानसँग आवद्द सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।

सम्झौता अन्तर्गत बैंकले इक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेषणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्ने बताएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे ।

इक्यानकाे तर्फबाट अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here