ए सिरिजमा नयाँ स्मार्टफोन ल्याउँदै ओपो, दशैंअघि उपलब्ध हुने

काठमाडौं, २४ भदौ । चिनियाँ स्मार्टफोन निर्माता ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।

ओपोले “एनाइन २०२०” र “एफाइभ २०२०” नामका दुई मोडल सार्वजनिक गर्ने तयारी गरेको हो ।

मध्यमवर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका स्मार्टफोनमा उत्कृष्ट फोटोग्राफीका साथै आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध भएको कम्पनीले बताएको छ ।

ओपो ए सिरिजलाई अन्तराष्ट्रिय बजारमा उपभोक्ताहरुले अत्यधिक रुचाएको कम्पनीको दाबी छ ।

सन् २००९मापहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिए देखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका रुचाइएको छ ।

विगता १०बर्षमा अत्यधिक युवा जमातले ओपो ए सिरिजलाई आफ्नो पहिलो स्मार्टफोनका रुपमा छनोट गरेको कम्पनीले बताएको छ । स्मार्टफोनको प्रयोगका बारेमा जान्नुका साथै यसमा रहेका क्यामेरा र एप्स लगायत प्रविधिले प्रयोगकर्तालाई सामाजिक हुने नयाँतरिका खुलाउनुका साथै जीवनमा रहेका अनगिन्ति सम्भावना समेत औल्याउन सघाएको कम्पनीकाे दाबी छ ।

यस दौरानओपोले समय सान्दर्भिक नयाँमोबाइल ट्रेण्ड्ससंग परिस्कृतिकरणपनि अपनाउँदै गएको छ । अहिले स्मार्टफोन फोन गर्ने वा उठाउने उपकरणमा मात्रसिमित नरहीब्यक्तिगत सहयोगीका रुपमा समेत स्थापितहुँदै गइरहेको छ ।

स्मार्टफोनमा रहेको परिस्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्री रहेको छ । दशैं अगाडी बजारमा एनाइन र एफाइभ दुवै स्मार्टफोन आइपुग्ने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here