झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको हो ।

यसदिन २९२ कम्पनीको ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बढीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ९ बढेको छ भने ४ वटाको घटेको छ ।

आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ६७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here