‘काठमाडौं महानगरभित्रका जनप्रतिनिधि र कर्मचारीले सुर्ती-चुरोट खान पाउँदैनन्’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका जनप्रतिनिधि र कर्मचारीहरूले निषेध गरिएको सुर्तीजन्य पदार्थ नखाने जनाएको छ।

बुधबार महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी राखेको पत्रकार भेटघाट कार्यक्रममा महानगरका प्रवक्ता नवीन मानन्धरले यस्तो जानकारी दिएका हुन्।

पत्रकारहरूले जनप्रतिनिधि तथा कर्मचारीहरूले सुर्तीजन्य पदार्थ खान्छन् कि खाँदैनन्? भनेर प्रश्न सोधेका थिए। उक्त प्रश्नमा महानगरका प्रवक्ता मानन्धरले भने,‘कर्मचारीहरूले पनि खान बन्द गर्छन्।’ महानगरपालिकाले बुधबारदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here