सैनिकको डिजिटल ट्रयाकिङ रोक्न रुसले लगायो स्मार्टफोनमा प्रतिवन्ध

संसारभर सामाजिक सञ्जालको प्रयोगमाथि विभिन्न विवाद तथा बहस भइरहेका बेला आफ्ना सैनिकको डिजिटल ट्रयाकिङ रोक्न रुसले उनीहरुलाई स्मार्टफोन चलाउन प्रतिवन्ध लगाएको छ ।

मोबाइल फोन र सामाजिक सञ्जालका माध्यमबाट सैनिकका गतिविधि सार्वजनिक भएपछि रुसी संसद दुमाले उनीहरुलाई स्मार्टफोन चलाउन प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । कतिपय गोप्य विदेशी सैन्य कारवाहीमा रुसी सैनिकको सहभागिता भएको पुष्टि सामाजिक सञ्जालबाटै भए पछि उसले यस्तो कदम चालेको बताइएको छ ।

फेसबूक, ट्वीटर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट मानिसहरु रहेको स्थान तथा अन्य जानकारी सार्वजनिक भइरहेको हुन्छ ।

दुमाले सैनिकहरुलाई आफ्नो सैनिक एकाइ, पोष्टिङ तथा फोटो, भिडियो, स्थानबारे जानकारीलगायतका सूचना अनलाईनमा पोष्ट गर्न पूर्ण प्रतिवन्ध लगाएको छ । उनीहरुलाई इन्टरनेट कनेक्सन गर्न, डाटा सेभ गर्न र फोटो खिच्न सकिने कुनै पनि स्मार्ट डिभाइस बोक्न र चलाउन छिट्टै प्रतिबन्ध लगाइने बताइएको छ ।

एजेन्सीहरुका अनुसार यो कदमले रुसी सैनिकबारेको सूचना विदेशी जासूसी संस्थासम्म पुग्नबाट रोक्ने छ । खासगरी सिरियामा रुसको संलग्नताबारे प्रश्नहरु एठेपछि उसले यस्तो कदम चालेको हो । त्यसैगरी रुसले दक्षिणी युक्रेनमा आफ्ना सैनिकको उपस्थिति नरहेको बताए पनि पत्रकारहरुले सैनिकको सामाजिक सञ्जालको ट्रयाकिङमार्फत त्यहाँ सैनिक रहेको पुष्टि गरेका थिए ।

नयाँ कदमको अभिप्राय सैनिकलाई दुःख दिने नभइ सुरक्षासम्बन्धी महत्वपूर्ण सूचना बाहिरिनबाट रोक्नु भएको रुसले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here