कुमारी बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंक संचालक समितिको मंसिर २८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत वर्ष करसहित १२.५ प्रतिशत नगद गरी लाभांश दिएको थियो भने त्यअघिका वर्षहरुमा पनि कम्तीमा ८ प्रतिशत माथि लाभांश दिँदै आएको थियो ।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।