पल शाहविरूद्धको बलात्कार मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने, यसअघिको फैसला कार्यान्वयन नहुने

काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।

सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए । उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍याउँदै पुन फैसला गर्नु पर्नेछ ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।

नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने गरी गरेको फैसलाविरूद्ध उच्च अदालतमा सरकारी वकिलले निवेदन दिएको थियो। शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here