हिमालयन रि-इन्स्योरेन्सको आइपीओ भर्ने म्याद थप

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले दोस्रो चरणमा मंसिर २७ गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको आइपीओ भर्ने म्याद पुस ११ गतेसम्म थप भएको हो ।

यद्यपि, माग बमोजिम आवेदन परे जुनसुकै दिन सार्वजनिक सूचना जारी गरी निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधरणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ए’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।

हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here